Image

माछापुच्छ्रे बैंकका ग्राहकलाई अल्फा हेल्थ केयरको उपचारमा ३० प्रतिशत सम्म छुट

काठमाडौं, २१ साउन

माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकहरुलाई अल्फा हेल्थ केयर एण्ड डायग्नोष्टिक सेन्टरको उपचारमा बिशेष छुटको ब्यवस्था गरेको छ । माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहक र कर्मचारीहरुलाई अल्फा हेल्थ केयर एण्ड डायग्नोष्टिक सेन्टरले ल्याब परिक्षण मा १५ प्रतिशत, कार्डियोलोजी सेवा , एक्सरे, भिडियो एक्सरेमा १० प्रतिशत, पिसिआर एन्टिजेनमा ३० प्रतिशत छुट दिने गरि सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

माछापुच्छ्रे बैंक लिमिटेड खुसिबु शाखाका शाखा प्रबन्धक कैलाश खरेल र अल्फा हेल्थ केयर एण्ड डायग्नोष्टिक सेन्टरका मेडिकल डाईरेक्टर डा. अजय पराजुलीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

काठमाडौंको नयाँ बानेश्वरमा रहेको अल्फा हेल्थ केयर एण्ड डायग्नोष्टिक सेन्टर अल्फा बिटा ग्रुपको भगिनी संस्था हो।