Image

अल्फा हेल्थ केयर र माछापुच्छ्रे बैंकबीच उपचारमा छुट गर्ने सम्झौता

अल्फा हेल्थ केयर एण्ड डायग्नोष्टिक सेन्टर र माछापुच्छ्रे  बैंक लिमिटेडबीच उपचारमा छुट गर्ने सम्झौता भएको छ। 

उक्त सम्झौतापत्रमा माछापुच्छ्रे  बैंक लिमिटेड खुसिबु शाखाका शाखा प्रबन्धक कैलाश खरेल र अल्फा हेल्थ केयर एण्ड डायग्नोष्टिक सेन्टरका मेडिकल डाईरेक्टर डा.अजय पराजुलीले हस्ताक्षर गरेका छन् । 

यस सम्झौता पश्चात माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकहरुलाई अल्फा हेल्थ केयर एंड डायग्नोष्टिक सेन्टरले ल्याब परिक्षण मा १५ प्रतिशत , कार्डियोलोजी सेवा  ( ECG , ECHO , TMT , HOLTER ), एक्सरे , भिडियो एक्सरेमा १० प्रतिशत , पिसिआर एन्टिजेनमा ३० प्रतिशत  छुट दिने मेडिकल निर्देशक डा. अजय पराजुलीले  बताए।‌
सो सम्झौता अनुसार उक्त बैंकका कर्मचारीहरुले पनि अल्फा केयरमा विषेश छुट पाउने भएका छन् ।  काठमाडौंको नयाँ बानेश्वरमा  रहेको अल्फा हेल्थ केयर एण्ड डायग्नोष्टिक सेन्टर  अल्फा बिटा ग्रुपको भगिनी संस्था हो ।