Image

प्रभु लाइफ इन्स्योरेन्स र अल्फा हेल्थ केयरबीच सम्झौता

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र अल्फा हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टरबीच सम्झौता भएको छ ।

उक्त सम्झौतामा प्रभु लाइफ इन्स्योरेन्सका डिसिइओ किशोरप्रसाद लामिछाने र अल्फा हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टरको सिनियर मार्केटिङ एक्जुकेटिभ अस्मिता पराजुरीले हस्ताक्षर गरेका छन् । हेल्थ केयरले प्रभु लाइफ इन्स्योरेन्सका ग्राहकलाई प्रभु लाइफ प्याकेज टेष्ट अन्तर्गत छुटसहित सेवा प्रदान गर्नेछ । बिरामीको रिपोर्ट आएपछि थप परीक्षण तथा जाँच गर्नुपर्ने भएमा फोन अथवा इमेल मार्फत जानकारी प्रदान गरिने बताइएको छ ।

परीक्षण प्रश्चात विरामीको रिपोर्ट इमेल मार्फत पठाइने छ । परीक्षणको भुक्तानी प्रभुलाईफ इन्स्योरेन्सले गर्नेछ । प्याकेजमा उल्लेख भएका सेवाबाहेक थप जाचँ गर्नुपर्ने भएमा अतिरिक्त शुल्क लाग्ने छ ।